
बिरगंज ,जेष्ठ ३० गते
राष्ट्रीय जनता पार्टीद्वारा घोषित मधेस बन्दक क्रममा बिरगंजमा बिहानै देखि मुख्य सडकको चौक चौकमा त्यसैगरी बाइपास सडक खण्डको ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन जारी रहेको छ। पावर हाउस चौक,गण्डक,मुर्ली,घन्ट्घर,माइस्थान,आदर्श नगर,मालपोत चौक,श्रीराम हल चौक,इदगाह चौक,इनर्वा बाइपास ,नगव बाइपास ,बसपार्क,भिस्वा,प्रतिमा चौक लगायतका ठाँउहरुमा प्रदर्शन जारी रहेको छ। बिरगंज बजार ,शैक्षिक संस्था,सवारीसाधन,प्रतिस्ठान,कलकारखाना ठप्प रहेको छ।
आन्दोलन परिचालन समितिका नेता कार्यकर्ताहरु एवं पार्टीका स्थानीय नेता कार्यकर्ताहरु आन्दोलनलाई ससक्त बनाउन बिहानै देखि सडकमा उत्रेका छन्।घोषित स्थानीय तहको निर्वाचन मधेस बिरोधि भएकोले राजपाद्वारा घोषित चार दिनको बन्दको पहिलो दिन बिरगंज पुर्ण रुपले प्रभावित भएको छ।
Facebook Comments