
राजेश पोख्रेल्, जेठ ३०, सर्पको टोकाईपछि एक व्यक्तिले सँगै बाँच्ने सँगै मर्ने इच्छा भएको भन्दै श्रीमतीलाई टोकेका छन् । श्रीमतीलाई डाक्टरले बचाएका छन् भने श्रीमानको ज्यान गएको छ ।
भारत पटनाबाट झण्डै ९० किलोमिटर उत्तर समस्तीपुर जिल्ला वीरसिंहपुर गाउँका शंकर राईलाई गएको शनिबार राति सुतिरहेका बेला सर्पले टोकेको थियो । बिहान उठ्दा उनले आफूलाई सर्पले टोकेको थाहा पाएका थिए । आफू धेरै नबाँच्ने थाहा पाएर निकै भावुक भएका उनले हतारिँदै श्रीमती भएठाउँ गई उनको हातमा टोकेका थिए ।
उनले श्रीमती अमिरी देवीलाई आफूलाई निकै माया लाग्ने र सँगै मर्ने भन्दै हातमा टोकेका थिए । त्यसलगत्तै उनी अचेत भए । त्यसपछि अस्पताल पुर्याइएका उनीहरुमध्ये श्रीमानको ज्यान गयो । श्रीमतीको भने समयमै उपचार पाएकाले ज्यान जोगियो ।
स्थानीयअस्पतालकाडाक्टर जयकान्तलेश्रीमती अमिरीकोअवस्था अहिले सामान्य भएको बताउनुभएको छ । अमिरीले श्रीमानले आफूलाई निकै माया गर्ने भन्दै हातमा टोक्न लागेको र आफूले पनि केही नभनी टोक्न दिएको बताउनुभएको छ । तर श्रीमान शंकरको इच्छा भने पूरा भएन ।
Facebook Comments