Loading...
रौतहटमा मधेश बन्दको सामान्य प्रभाव, केही ठाउमा तोडफोड

नरेन्द्र साह । ३० जेठ, रौतहट । मधेशले आह्वान गरेको बन्दको रौतहटमा सामान्य प्रभाव परेको छ । बन्दका कारण रौतहटमा लामो दुरीका सवारी साधन चलेका छैनन् भने केही शैक्षिक संस्थाहरु पनि बन्द भएका छन् ।

छोटादूरीका सवारीसाधनहरु भने चलिरहेका छन् । प्रदर्शनमा उत्रेका राजपा नेपालका कार्यकताहरुले केही पसलहरुमा तोडफोड गरेका छन । जिल्लाका बजार तथा कलकारखाना पनि खुल्लै रहेका छन् ।

राजपासंग लिम्बुवानले गठबन्धन गरी चुनावको विरोधमा बन्द आह्वान गरेको हो । रौतहटको मुख्य बजारँहरुमा समान्य बन्दको प्रभाव परेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *