
काठमाडौं, जेष्ठ ३१ । मधेसमा सडक र सत्तामा मधेसबादी दल देखिएको छ । चुनाव भइहाले उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजबादी फोरमको पल्ला भारी हुने नभए राष्ट्रिय जनता पार्टीको एजेण्डाले जित्ने । यसरी मधेसमा मधेसबादी दलको बर्चस्व रहिरहने देखिएको छ ।
मधेस मुद्दामा जानकार भन्छन, जसरी मिल्ने मुद्दामा प्रमुख दलहरु एक हुन्छन मधेसमा पनि त्यही राजनीति देखियो । कांग्रेस, एमाले, माओबादी केन्द्र लगायतका दलहरुको मधेसमा प्रभाव कम हुने जानकारहरु बताउछन । फोरमका एक नेताले भने निर्बाचन हुनुपर्ने हाम्रो एजेण्डा हो यदी असार १४ मा दोस्रो चरणको स्थानीय तहको चुनाव भए हामी बाजी मार्छो । अर्काे तिर राजपाले भने मधेसको माग पुरा नभएसम्म चुनाव हुन नै नदिने गरी बिथोल्ने चेतावनी दिएका छन ।
यसरी मधेसमा फोरम र राजपाको पछिल्लो गतिबिधिले अन्य राष्ट्रिय राजनीतिक दलको बर्चस्व क्रमश: कमजोर हुदै जाने देखिएको छ । उसो त मधेसबादी दलहरुको बिगतकै आरोप छ कि मिल्ने मुद्दामा पहाडीय दल र नेताहरु एक हुन्छन हामी पनि किन त्यसो नगर्ने । पहिलो चरणको स्थानीय तहको निर्बाचन भब्य रुपमा सम्पन्न भएकाले मधेसबादी दलहरुले रणनिति बदलेका छन एक बिश्लेषकले बताएका छन ।
बाहिर हेर्दा उपेन्द्रजी निर्बाचनको पक्षधर जस्तो र महन्थजीहरु बिरोधी जस्तो तर मधेसको राजनीति त्यस्तो होइन उनको भनाई रहेको छ ।मधेसमा अहिले अन्य राजनीतिक दलको अस्तित्व संकटमा पर्ने देखिन्छ किनकि अहिले सत्ता र सडक दुबैमा मधेसबादी दलनै दखिएका छन ति बिश्लेषकको भनाई रहेको छ ।
Facebook Comments