Loading...
राजपाको आन्दोलन अब बलियो हुने, गच्छदारको पार्टिले गर्‍यो समर्थन, उपेन्द्रले समर्थन नगरे सम्म सरकारले नटेर्ने

भैरहवा, ३१ जेठ । संविधान संशोधन नभएसम्म स्थानीय तहको दोस्रो चरणको चुनाव गर्न नदिने चेतावनी दिदै मंगलवारदेखि चार दिनवन्द आह्वान गरेको राजपाको आन्दोलनप्रति लुम्विनीका तीन जिल्ल्लामा सतापक्ष कै एक घटकले समर्थन गरेको छ ।

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले ५ नम्बर प्रदेशको तीन जिल्ला रुपन्देही, नवलपरासी र कपिलवस्तुमा समर्थन गर्ने जनाएको छ ।पार्टीका ५ नम्बर प्रदेशमा पर्ने तीन जिल्लाका नेताहरुको बुधवार भैरहवामा वसेको संयुक्त बैंठकले राजपाको आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको छ।

बैंठकमा रुपन्देही, नवलपरासी र कपिलवस्तुका जिल्ला अध्यक्ष, उपाध्यक्ष, केन्द्रिय सदस्य लगायत पार्टीका एकदर्जन नेता उपस्थित थिए । जिल्ला अध्यक्षहरुले मधेसी जनताको माग पुरा नगरी निर्वाचनको घोषणा गरी मधेसमा द्धन्द्ध निम्तिने खतरा औल्याउदैं पार्टीको गम्भिर ध्यानआर्कषण भएकोले यस्तो कठोर निर्णय गर्न बाध्य भएको बैंठक पश्चात जारी विज्ञप्तिमा जनाईएको छ ।

नवलपरासीका अध्यक्ष सुवासचन्द्र जीसी, रुपन्देहीका अध्यक्ष इसहाक मुसलमान र कपिलवस्तुका अध्यक्ष शत्रुधन विलास सिंहले राजपाको आन्दोलनको समर्थनमा विज्ञप्ति निकालेका हुन ।‘मधेशको जायज माग पूरा नभएसम्म स्थानीय निर्वाचनमा सहभागी हुने वातावरण नभएको हुदाँ यथाशिघ्र मधेसको मागलाई सम्बोधन गरी आन्दोलनरत दललाई समेत निर्वाचनमा सहभागी गराउन नेपाल सरकारसगँ जोडदार मागगर्दछौँ’ विज्ञप्तीमा भनिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *