Loading...
चुनाबको मिति सर्ने आज निर्णय हुदै

काठमाडौं, असार १ । प्रमुख दल र राजपा बिच आज निर्णायक बार्ता हुँदैछ । हिजोको बैठक निष्कर्षबिहिन भएपछि आज पुन बैठक बस्न लागेको हो । हिजोको बैठकमा राजपा चुनाबमा आए निर्वाचनको मिति सार्न सकिने सत्तारुढ दलले बताए पनि बिपक्षी एमालेले अस्विकार गरेको थियो ।

प्रधानमन्त्री शेर बहादुर देउबाले राजपा चुनाबमा सहभागी भए मिति सार्ने बिषयमा सोच्न सकिने बताएका थिए । राजपा नेताहरुले भने संविधान सम्सोधन बिना चुनाबमा सहभागी हुन नसक्ने बताएका कारण हिजोको बैठक अनिर्णित बनेको थियो ।

आजको बैठकमा दलहरुबिच कुरा मिले चुनाबको मिति सर्न सक्ने स्रोतले बताएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *