
पटक पटकको आन्दोलनले गर्दा बिर मधेशीले आफ्नो अधिकारका निम्ति ज्यानको आहुति दिएको हुनाले प्राप्त उपलब्धिलाइ संस्थागत गर्न आफु र आफ्नो पार्टी चुनाबमा गएको संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ ।
उहाले निर्वाचन गराउने निहुमा फेरि मधेशी मार्ने षड्यन्त्र भैरहेको जानकारी तथा लोकतन्त्र बिरोधि तत्वहरु सर्प जस्तो सल्बलाउन थालेको हुनाले लोकतन्त्र रक्षाका लागि पनि फोरम नेपाल चुनाबमा भाग लिएको बताउनु भएको छ । उनका अनुशार निर्वाचन संस्थागत गर्दै , निर्वाचानबाट शक्ति संचय गर्दै चुनाबपछि आन्दोलन र संबिधान संशोधनमा जाने फोरम नेपालले रणनिति लिएको छ ।
उनले भने ” २० बर्षपछि हुन लागेको जनताका चुनाबबाट भाग्नु कायरता हो र शंक्ति संचय गर्नु कर्तब्य भएको हुनाले चुनाबमा सबैले भाग लिनु नै जनताको हितमा काम गर्नु हो ।
Facebook Comments