Loading...
तराईमा निर्वाचन विरोधी गतिविधि रोक्न नेपाली सेनाले सुरक्षाको कमाण्ड सम्हाल्यो, सेना ब्यारेकबाट बाहिर

सप्तरी अषाढ ०१ । स्थानीय तहको दोस्रो चरणको चुनाव बिथोल्ने समूह सक्रिय भएपछि मधेशमा नेपाली सेना व्यारेकबाट बाहिर निस्केको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र सीके राउतको समूह चुनाव बिथोल्न सक्रिय भएर लागेपछि सेना यसरी ब्यारेकबाट निस्केको हो ।

तराईमा निर्वाचन विरोधी गतिविधि रोक्न नेपाली सेनाले सुरक्षाको कमाण्ड सम्हालेको छ । निर्वाचन बहिष्कारको घोषणा गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले मधेसमा असार १४ गते हुने दोस्रो चरणको चुनाव विथोल्न अराजक गतिविधि गर्न थालेपछि सेना ब्यारेकबाट बाहिर निस्केको छ ।

बुधबार सप्तरी सदरमुकाम राजविराजमा राजपाले सहायक मतदान अधिकृतहरुको तालिम बिथोलेपछि सो स्थानमा सेनाको टोली पुगेको छ । सेना पुगेपछि राजपाका कार्यकर्ता गायब भएका छन् । सेनाको सक्रियताले राजपा र सीके राउत कार्यकर्ताहरुको भागाभाग हुँदैछ ।

निर्वाचन तालिमका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा रहेको तालिमस्थल जाँदै गरेको सहायक मतदान अधिकृतहरुलाई राजपा कार्यकर्ताहरुले जबर्जस्ती नियन्त्रणमा लिँदै घेराहाली क्याम्पसको मूलगेटमा आफूसँगै धर्नाका बसाएपछि नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिका बीच झण्डै ५० को संख्यामा नेपाली सेनाको टोली त्यहाँ पुगेको थियो ।

सेना, प्रहरी आएपछि राजपाको नियन्त्रणमा परेका ५५ जना सहायक मतदान अधिकृतहरु एक घण्टापछि छुटेका छन् । सेनाको टोलीले निर्वाचन तालिम स्थल महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको उत्तरी भागमा १० मिनेटसम्म गस्ती गरेको थियो । पछिल्लो केही दिनयता राजपाको आन्दोलनका क्रममा नेपाली सेनाको उपस्थिति देखिँदै आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *