Loading...
निर्बाचनको बिरोधमा राजपा कार्यकर्ता आज पनि प्रर्दशनमा

काठमाडौं, असार १ । राष्ट्रिय जनता पार्टीले आहवान गरेको बन्दका कारण आज पनि तराई मधेसको जनजीबन प्रभावित भएको छ । संबिधान संशोधन बिना चुनाब हुन लागेको बिरोधमा राजपाले बन्द गराएको हो ।

बन्दका कारण आज पनि बिहानै देखि यातायात, शिक्षण संस्था, बजार कलकारखाना बन्द छन भने राजपाका कार्यकर्ता बिहानै देखि चोक चोकमा निस्केर प्रदर्शन गरिरहेका छन । राजपाको बन्दका कारण त्यस क्षेत्रमा निर्बाचन आयोगले सार्बजनिक गरेको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका प्रभाबित हुने देखिएको छ ।

राजपाको मागलाई सम्बोधन गर्न आज शिर्ष बैठक बस्दैछ । निर्बाचनको मिति सर्न सक्ने बिषयलाई लिएर त्यस क्षेत्रमा थप अन्योलता बढे सँगै राजपाका कार्यकर्ता थप हौसिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *