Loading...
राजपाले खाए महँगो ललिपप, २ न. प्रदेशको चुनाब अशोज २ गते हुने , बाकि सबै प्रदेशको चुनाब अषाढ १४ मै हुने

१ असार, काठमाडौं । सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने असार १४ मै चुनाव हुनेछ ।
आज सिंहदरबारमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो । राजपासँग वार्ता गर्नुअघि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । आयोग ले चुनाब न्सारेनै राम्रो हुने बताएको थियो ।

आयोगको भनाइलाई अस्वीकार गर्दै कांग्रेस र माओवादीले राजपासँग चुनाव सार्ने सहमति गरेका छन् । अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्नेछ । ‘प्रदेश नम्बर २ को चुनाव सारेर असोज २ गते सार्ने तयारि भएको एक नेताले बताएका छन् । चुनाव सार्ने सहमति भएपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने प्रतिवद्धता जनाएको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *