Loading...
उपेन्द्र यादवको मानसिकता विग्रियो ः राजेन्द्र महतो
नरेन्द्र साह । रौतहट । अषाढ १ गते । दोस्रो चरणको स्थानिय निर्वाचनको बहिस्कार गर्दै आनदोलनमा रहेका राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मानसिक विग्रेको बताउनु भएको छ ा रौतहटको सदरमुकाम गौरमा प्रेस मन्च नेपाल जिल्ला शाखाले आयोजना गरेको पत्राकार सम्मेलनमा सम्वोधन गर्दै नेता महतोले मधेशको नेता भनिने उपेन्द्र यादव अहिले खसवादीको प्रवक्ता भएर हकअधिकारको लडाईमा छातीमा गोली खाने मधेशीहरुलाई गाली गरिरहेको आरोप लगाएका छन ।
संवैधानिका दायरा भित्र रहेर आन्दोलन गरिरहेका मधेशीलाई अव्मुलयन गरी सरकारले तराई मधेशमा जवरदस्ती चुनाव गराउन खोजे मुलुक ठलो द्धन्द तर्फ जाने चेतावनी दिदै महतोले राजपा चुनावमा जान तयार रहेकोले चुनावको वातावरण वनाउन सरकार संग आग्रह गरे । अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेका महतोले भने संघर्षका एजेण्डा पुरा गर्न तयार रहेको लिखित प्रतिवद्धता सरकारले गर्नु पर्छ हामी चुनाखमा सहभागी हुन आतुर छौ । नेपाली काग्रेस ,नेकपा एमाले र नेकपा माओवादी मिलेर वनाएको त्रुटीपुर्ण संविधानमा सुधार गर्न पटक पटक आग्रह गर्दै आइरहेको उल्लेख गर्दै महतोले त्रुटी सुधार नगरे सम्म कुनैपनि हालतमा चुनाव हुन नदिने जिकिर गरे । २० बर्ष सम्म देशमा निर्वाचन नहुदा केही विग्रने २,३ महिना पछि गरे के विग्रिन सक्छ प्रश्न गरे ।
मधेशी,दलित, जनजाती ,आदीवासी , मुस्लिम, सिमान्तकृत वर्ग,समुदायको अधिकार विहिन गरी वनाइएको सविधानलाई ठप्पा लगाउने उदेश्यका साथ सरकारले दोस्रो चरणको चुनाव गराउन लागिएको बताउदै महतोले खसवादी सरकारको मानसिकता पुरा हुन नदिने दावी गरका छन । संविधान संशोधन , झुठा मुद्दा फिर्ता , शहिद घोषणा, घाईतेहरुको उपचार खर्च सहितको क्षतिपुर्ति को माग सरकारले पुरा नगरे सम्म चुनावको परिकल्पना गर्न नसकिने महतोको भनाई रहेको छ ।
पत्रकारहरुको प्रश्नको जवाव दिदै अध्यक्ष महतोले भने गल्ती गर्ने दलहरु मध्ये नेपाली काग्रेस ,नेकपा माओवादी मधेशको माग पुरा गर्न तयार देखिएपनि एमाले अहिले सम्म आफनो भुल सुधार गर्न तयार रहेका छैन जव सम्म सुधार गरिदैन तव सम्म आन्दोलन रोकिन । कति दिनमा मधेशको समस्या समाधान गर्न सकिन्छ त्यसको आकलन त्यति समय निकालेर मधेशमा चुनाव हुने वातावरण वनाउनु पर्ने सरकारको दायित्व रहेको बताए । २०७४ माघ ७ गते सम्म चुनावको डेडलाईन रहेकोले अहिले नै बन्दुकको नोकमा चुनाव गराउन खोजे सरकारको ठुलो भुल हुने भन्दै यस्तो गल्ती भए मधेशमा बलिरहेको आगोमा सवै जलेर नष्ट हुने चेतावनी दिए । पत्रकार समेलनमा अर्का अध्यक्ष अनिल कुमार झाले मधेशी जनताले आफनो अधिकारको लागी अगाडी बढिरहेको र अधिकार लिएर नै छाडने दावी गरेका छन ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *