Loading...
रौतटको राजपुर फरहदवामा राजपा रौतहटद्धारा बिरोध सभा तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न

नरेन्द्र साह/असार १/ रौतहटरौतहट जिल्लाको चर्चित बजार राजपुर फरहदबामा राष्ट्रिय जनता पार्टी नेपाल रौतहट को बिरोध सभा तथा पार्टी प्रबेश एके साथ कार्यक्रम सम्पन्न भएको छ । राजपा रौतहटको संयोजक रामप्रवेश दासको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि राजपा नेपाल का केन्द्रीय अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र अर्को केन्द्रीय अध्यक्ष मण्डलका सदस्य अनिल झा को बिशिस्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

भएको कार्यक्रममा गाबिस राजपूर फरहदबा का भु. पु. मुखिया तथा एमाले समर्थित जहरूल हक एमाले पार्टी परित्याग गरी र नेतृत्व समेत गरी सयकरौ संख्यामा राजपा नेपालमा प्रबेश गरेकाछन्। त्यस्तै कार्यक्रम मा फोरम लोकतान्त्रिक बाट पार्टी परित्याग गरी शेख अशनातक राजपा नेपाल मा प्रबेश गरेका छन् ।

कार्यक्रममा राजपा नेपाल का महासचिव दिए अजय गुप्ता तथा शिमरण कुमार मिश्र लगायत राजपा नेपाल रौतहट का मण्डलिय अध्यक्ष हरू उपस्थिति रहेको थियो। साथै भु. पू. माननीय महिला नेत्री चन्दा साह, केन्द्रिय सदस्य बिणा कुशवाहा लगायत युवा का मण्डलिय अध्यक्ष का सदस्य रणधीर सिंह का साथै कार्यक्रममा हजारौ का संख्या मा पार्टी का नेता तथा कार्यकर्ताहरु, पत्रकार, ब्यापारी, बुद्धिजीवी, किसान, नागरिक समाज सहभागिता रहेका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *