
काठमाडौ, असार २ । राष्ट्रिय जनता पार्टीले सरकारको निर्बाचन सम्बन्धी पछिल्लो निर्णय नमान्ने संकेत गरेको छ । सरकारले हिजो राजपाको माग सम्बोधन गर्ने भन्दै प्रदेश नम्बर २ को निर्बाचन सार्ने र प्रदेश नम्बर १, ५ र ७ मा निर्बाचनको कार्यतालिकामा केही हेरफेर गर्ने निर्णय गरेको थियो ।
राजपाका एक नेताले निर्णय केही सकारात्मक भएपनि अपेक्षा गरे भन्दा फरक भएको भन्दै सो निर्णयको बिरोध गर्ने बताएको छ । राजपाको अध्यक्ष मण्डलको बैठक आज बस्दैछ भने उसले स्थानीय तहको निर्बाचन घोषणा गरेको थप प्रदेशमा आन्दोलनलाई शसक्त पार्ने बताएको छ ।
Facebook Comments