Loading...
पहाडीले राजनेता तथा राष्ट्रवादी नेता मान्दै आएका केपी ओलिलाई मधेशीको छोरोले यसरी थर्काए कि ओलि एकछिनसम्म लाटो झै चुप लागे
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनका नेता कार्यकर्ता ‘राष्ट्रवादी’ र ‘राजनेता’ मान्छन् । तर, मधेसका एक जना सांसद एवं पार्टीका पोलिटब्यूरो सदस्य शत्रुधन महतो भने ओलीको खिलापमा उभिएका छन् ।
उनले तराई मधेसको पक्षमा आवाज उठाउँदै ओलीलाई ठाडो चुनौति दिएका हुन् । ओली र सिंगो एमाले नेतृत्व अहिले असार १४ भित्रै दोस्रो चरणको चुनाव गराउन लागिपरेको छ । मधेसका माग सम्बोधन गर्ने भनेर संविधान संशोधनको कसरत सफल हुन दिइरहेको छैन् ।
मधेसी दल राजपाको माग पनि पूरा हुन दिइरहेको छैन् ।यस्तो बेला एमालेका मधेसी सांसद महतो खुलेरै चुनाव बहिष्कारको घोषणा गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालको पक्षमा उभिएका छन् । उनले चुनाव तत्काललाई रोक्नुपर्ने धारणा अघि सारेका छन् ।
जून एमाले नेतृत्वको खिलापको कदम हो ।जनकपुरमा आयोजित एक कार्यक्रममा पार्टीको लाईन बिपरित बोल्दै उनले मधेसको माग सम्बोधनपछि मात्र तराईमा चुनाव गराउनुपर्ने आवाज उठाएका हुन् । उनले देशलाई मुडभेडतर्फ धकेल्नुभन्दा चुनाव रोक्नुपर्ने र संविधान संशोधन गरी माग पुरा गर्नुपर्ने भनेका छन् ।यसलाई धेरैले ओलीमाथिको ठाडो चुनौति भनेका छन् ।
मधेसमा फेरि एकपटक आन्दोलन चर्किरहेका बेला एमालेकै केन्द्रीय नेता महतोले पार्टीविपरित विवादास्पद बयान दिएरचर्चामा आएका छन् । एमाले मधेसविरोधी भन्ने आरोप लागिरहेका बेला मधेसको पक्षमा बोलेका उनलाई अबपार्टीले कस्तो कारवाही गर्छ त्यो हेर्न बाँकी नै छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *