Loading...
नेपाली काँग्रेस शुद्धोधन गाँउपालिकालाई चुनावले छोयो

ललितपुर,१ आषाढ । नेपाली काँग्रेस शुद्धोधन गाउँपालिकाको बिहिबार बसेको वैठकले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउनका लागि विभिन्न उपसमिति गठन गरेको छ ।

कृपा चौधरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको हो । भेलाले चुनाव प्रचारप्रसार मूल समितिमा शिवराम न्यौपानेलाई चयन गरेको छ । त्यस्तै आर्थिक समिति संयोजकमा रमेश खनाल, सचिवालय समिति संयोजकमा विन्दु लक्ष्मी सुवेदी, बुद्धिजीवी परिचालन समिति संयोजकमा दामोदर पंगेनी, भातृ संगठन परिचालन समिति संयोजकमा आहिष के.सी., सञ्चार समिति संयोजकमा माधव ज्ञवाली, अनुगमन समिति संयोजकमा केशव अधिकारी, पूर्व जनप्रतिनिधि समिति संयोजकमा मनोहर राजभण्डारी, आदिवासीजनजाती परिचालन समिति संयोजकमा शिवकुमार थारु, मधेसी परिचालन समिति संयोजकमा भरथरी यादव, महिला परिचालन समिति संयोजकमा पुष्पा थारु, शिक्षक प्राध्यापक परिचालन समिति संयोजकमा रामजी पौड्याल र विद्यार्थी परिचालन समिति संयोजकमा धनराज कंडेललाई चयन गरेको छ ।

सो अवसरमा गाउपालिका प्रमुखपदका उम्मेदवार भगवती चौधरी तथा गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्षका उम्मेदवारहरुले मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *