Loading...
दोस्रो चरणको निर्वाचनपछि कांग्रेस नै पहिलो पार्टी बन्छ : नेता रमेश लेखक

ललितपुर , आषाढ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह निर्वाचन २०७४ प्रचारप्रसार उपसमितिका संयोजक रमेश लेखकले काँगे्रस माथि नेपाली जनताको अपार विश्वास र साथ रहेकाले दोस्रो चरणको निर्वाचनको परिणाम आएपछि नेपाली कांग्रेस नै मुलुकको सबैभन्दा ठूलो र बढी स्थान जित्ने पार्टी बन्ने सुनिश्चित भएको बताउनुभएको छ ।
स्थानीय तह निर्वाचन लक्षित नेपाली काँग्रेसको क्षेत्रीय मिडिया डेस्कको बिहीबार नेपालगञ्जमा उद्घाटन गर्दै पूर्वमन्त्री लेखकले काँग्रेस बिना अग्रगामी परिवर्तन र विकास सम्भवन भएको आम जनताले बुझेको बताउनुभयो ।उहाँले काँगे्रसले जिते मुलुक जित्ने, राष्ट्रिय एजेण्डा स्थापति हुने भएकाले जनता काँगे्रसलाई मतहाल्न आतुर भएको उल्लेख गर्नुभएको थियो । “ पहिलो संविधानसभाको निर्वाचनमा काँग्रेस हारेकोले संविधान आएन,दोस्रो निर्वाचनमा काँग्रेसले जितेकाले संविधान आयो”पूर्वमन्त्री लेखकले भन्नुभयो ।
नेकपा एमाले र माओवादीले काँग्रेसले के गयो ?भन्ने प्रश्न गरे, डटेर जवाफदिन समेत उहाँले आफ्ना नेताकार्यकर्तालाई निर्देशन दिनुभयो । लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएकोले नै हिंसात्मक द्वन्द्वमा लागेको माओवादीलाई नेपाली कांग्रेसले विचारको राजनितिमा ल्याएको उहाँले उल्लेख गर्नुभयो । बाँकेमा काँगे्रसको वेग्लै इतिहास र योगदान भएको उल्लेख गर्दै केन्द्रीय सदस्य लेखकले योग्य र जुझारु व्यक्तिले टिकल पाएकाले काँग्रेसका उम्मेदवारले जित्ने सुनिश्चितता रहेको उल्लेख गर्नुभयो ।
काँग्रेस बाँके प्रचार विभाग प्रमुख कपिलशर्माको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टी सभापति किरण कोइराला, काँगे्रसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा सुरेश कनौडिया, उपमेयर उम्मेदवार उमा थापा, नेपाल पे्रस यूनियन महासचिव अजय शिवाकोटी, पे्रस यूनियन बर्दिया अध्यक्ष विनयराज भण्डारी, प्यूठान सभापति श्रीराम भण्डारी, दाग अध्यक्ष सुशिल वस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । काँग्रेस बाँके प्रचार विभागको आयोजनमा भएको कार्यक्रममा स्वागत काँगे्रस बाँके सचिव तप्त पौडेलले गर्नु भएको थियो ।
यसैबीच नेपाल प्रेस यूनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले काँगे्रसकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्ने बताउनु भएको छ । उहाँले संविधान संशोधन गरेर भएपनि सबैको स्वीकार्य संविधान बनाउने दायित्व काँगे्रसको काँधमा आएको बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *