
वीरगंज असार, नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघद्धारा वीरगंजमा स्थानीय तहको निर्वाचन सम्बन्धित बृहत चुनावी छलफल तथा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
वीरगंजमा भएको भेलाबाट स्थानिय तहको निर्वाचनमा पार्टीको रणनिति, कार्ययोजना लगायतको बारेमा चर्चा गर्दै सहभागीहरुले एमालेका सम्पूर्ण उम्मेदवारहरुलाई आ–आफ्नो ठाउंबाट इमान्दारीपूर्वक सहयोग गरी जिताउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार बसरुदिन अंसारीले पार्टीको मुल्य मान्यता र सिद्धान्त अनुसार सबैले अगाडि बढनु पर्नेमा जोड दिदै एमालेका नगर, वडा देखि मेयर सम्मको सम्पूर्ण उम्मेदवारहरु बिजयी भए मात्र पर्सा जिल्लाको चौतर्फी विकास हुने दाबी गर्नु भयो । भर्खरै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सत्तारुढ दल र राजपाका शीर्ष नेताबीचको छलफलले अन्य प्रदेशमा असार १४ गते नै निर्वाचन गर्ने र प्रदेश नं २ मा निर्वाचन आयोगको परामर्शमा तेस्रो चरणमा गर्ने समझदारी गरेकोमा दुःख व्यक्त गर्दै सरकारले २ नं. प्रदेशका जनतामाथि अन्याय गरेको चर्चा गर्नु हुदै नेता अंसारीले चाडै भन्दा चाडै सम्पूर्ण राजनीतिकदलहरुलाई चुनावमा सहभागी हुने गरी स्थानिय तहको चुनाव गराउनु पर्नेमा जोड दिनु भयो ।
अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य उर्मिला शर्माको सभाअध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेताहरु नवराज शर्मा, पार्टी जिल्ला कमिटि सदस्य प्रभा खड्का, जिल्ला पार्टी सदस्य मनोज चौधरी लगायतका नेताहरुले पार्टीलाई बयिलो बनाउनका लागि एकजुट भएर अगाडि बढनु पर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा बिभिन्न वडाका प्रस्तावित अध्यक्षका उम्मेदवारहरू तथा नेकपा एमालेका कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
यसैगरी वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार अंसारीले वीरगंजको वडा नं. ३ छपकैयामा सामुहिक इफतारी एवं चुनावी छलफल गर्नु भएको छ ।
Facebook Comments