Loading...
सामूहिक बलात्कारको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप
सुरेन्द्र सिंह
जेठ ,  महोत्तरी ।
महोत्तरीको औरही गाउँपालिका २ मा आईतवार स्थानीय र प्रहरीबीच झडप भएको छ । गाउँकी एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा प्रहरी र स्थानीयबीच झडप भएको हो । स्थितिलाई नियन्त्रण गर्न प्रहरीले ५ राउण्ड हवाइफायर गरेको थियो । युवतीमाथि बलात्कार भएको र बलात्कृत युवतीलाई उद्दार नगरी प्रहरीले पीडकलाई उद्दार गरेको भन्दै स्थानीयले आईतवार राती ९ बजे औरही प्रहरी चौकी घेर्न पुगेका थिए । उल्लेख्य संख्यामा आएका महिलाहरु प्रहरी चौकी भित्रै पस्न खोजेपछि प्रहरीले रोकेको थियो ।  प्रहरीले रोकेपछि स्थानीय आक्रोशित भइ प्रहरीमाथि ढुंगामुढा गरेका थिए । ढुंगाले चार जना प्रहरी घाइते भए भने केही गाउँले पनि घाइेत भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालका अनुसार झडप राति ११ देखि करिव १ बजेसम्म चलेको थियो । प्रहरीले थप हिंसा नहोस भनेर पाँच राउन्ड हवाइ फायर गरेको लम्सालले बताए । राति नै स्थानीयले बर्दिबास जलेश्वर सडकखण्ड दुई घण्टा बन्द गरेका थिए ।पीडित युवतीलाई राति नै जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि पठाइएको र उपचारपछि घर ल्याइएको स्थानीय वीरेन्द्र यादवले बताए । उनका अनुसार पीडित युवती बोल्न सक्ने अवस्थामा छिन । अहिले सो सडक सामान्य बनेको छ । औरही २ की २१ वर्षकी एक युवती औरही बजारमा व्युटी पार्लर सञ्चालन गर्दै आएकी छने । उनी सधैं राति करिव ८ बजेतिर आफ्नो पसल बन्द गरेर जाने गरेकी थिइन । आइतबार राति पनि उनी त्यतिबेलै तिर व्युटीपार्लर बन्द गरेर आफ्नो घर जाँदै थिइन । औरही बजार र युवतीको घरको बीचमा एउटा खाली चौर छ ।
सो चौरमा पुगेपछि चार जना युवकले युवतीमाथि हमला गरेको पीडित परिवारले बताए । आक्रमणपछि चारजनाले सामूहिक बलात्कार गरेको पीडित परिवारको भनाई छ । राति युवतीको चिच्याहट सुनेर नजिकैका स्थानीय के भयो भन्दै चौरमा आइपुगे । स्थानीय आउन थालेपछि उनीहरु त्यहाँबाट भागेको र सोे क्रममा औरही गाउँकै २२ वर्षिय सुनील साहलाई स्थानीयले समाउन सफल भएका छन् ।  सुनीललाई समाइसकेपछि प्रहरी पनि घटनास्थल पुुगेको थियो । घटनास्थलमा स्थानीयवासीले सुनीललाई गालीगलौज गर्दै आक्रमण गर्न थाले । आक्रोशित स्थानीयले साहलाई मार्नुपर्छ भन्न थालेपछि प्रहरीले उसलाई रेस्क्यु गर्यो र चौकीमा लगेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालले बताए ।चौकीमा लगेपछि स्थानीयले बलात्कृत युवतीलाई उद्दार गर्नुको साटो पीडकलाई उद्दार गरेको भन्दै प्रहरी विरुद्ध नाराबाजी गरेर चौकी घेराउ गर्न गएको छ । चौकी घेर्न गएपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो ।आइतबार राति भएको घटना दुखद रहेको प्रहरीले बताए । प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ ।
हामीले घटनामा संलग्नलाई पक्राउ गरेर उचित कारबाही गर्नेछौं र पीडितलाई न्याय दिने नै छौं । तर राति सुनिल साहलाई समातिसकेपछि स्थानीयले उसलाई मार्नुपर्छ भन्दै खुँडा, खुकुरी निकालेपछि हामीले रेस्क्यु गरेर मा ल्याएका हौं । भीडले कसैको ज्यानै मार्न लागेको छ भने सबैभन्दा पहिला प्रहरीको काम भनेको ज्यूँदो मान्छेको जीवन रक्षा गर्ने हो ।
त्यसैले हामीले अनील साहलाई सकुशल चौकीमा ल्याएका हौं प्रहरी उपरिक्षक र लम्सालले बताए । अपारधीलाई कारबाही गर्ने र युवतीको स्वास्थ्यमा पनि सुधार आएपछि घटना मथ्थर भएको प्रहरीको दावी छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *