Loading...
रमदानको अवसरमा शुभकामना आदान प्रदान तथा इफतारी कार्यक्रम, उम्मेदवार अंसारीद्धारा चुनावी छलफल
वीरगंज  जेठ, मुस्लिम धर्मावलम्बिहरुको पवित्र पर्व रमदानको उपलक्ष्यमा आज वीरगंज महानगरपालिकाको वडा नं. २ छपकैयामा शुभकामना आदान प्रदान तथा सामुहिक इफतारी कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ को आयोजनामा भएको कार्यक्रममा नेशनल मेडिकल कलेजका एमडि एवं नेकपा एमालेबाट वीरगंज महानगरपालिकाका मेयरका उम्मेदवार समेत रहनु भएका बसरुदिन अंसारी लगायत  स्थानिय मुस्लिम समुदायका रोजा गर्ने सर्वसाधारणहरुले सामुहिक रुपमा इफतारी गर्नु भएको छ ।
सेवा केन्द्रका अध्यक्ष मनोज अर्यालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गोबिन्द कुमार साह, विशिष्ट अतिथि नेशनल मेडिकल कलेजका एमडि बसरुदिन अंसारी, त्यसैगरी सत्यराज जोशी, अनिस कर्ण, समसुल होदा समानी, रहमान अंसारी, जफर अंसारी, साबिर आलम, बिदुर गुप्ता, सरोज खडका लगायतको विशेष उपस्थिति रहेको थियो ।
सो अवसरमा वीरगंज महागरपालिकाका मेयरका उम्मेदवार अंसारीले स्थानियबासीहरुसंग चुनावी छलफल समेत गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नेता अंसारीले हुन लागेको स्थानिय तहको निर्वाचनमा आफुलाई विश्वास गरेर विजयी बनाउन स्थानियबासीहरुसंग आग्रह समेत गर्नु भएको थियो । आफु मेयरमा विजयी भए पछि फोहोर र सडक व्यवस्थापन,  महानगरलाई स्मार्ट सिटी बनाउनु, गुणस्तरीय स्वास्थ्य र शिक्षाका केन्द्र बनाउनु रहेका चर्चा गर्नु भयो । आफुलाई नगरबासीले विश्वास गरेर जिताएमा महानगरको चौतर्फी विकास गर्ने दाबी गर्नु हुदै नेता अंसारीले साहय र गरिबलाई खाने(बस्ने व्यवस्थाको साथै बेरोगारी समस्या अन्त्यका लागि रोजगारीको सिर्जना गर्नेमा जोड दिनु भयो ।
वीरगंज महानगरलाई नेपालकै नमुना शहर बनाउनेमा प्रतिबद्धता जनाउनु हुदै उहांले आफु मेयरमा निर्वाचित भए पछि स्थानिय युवाहरुको लागि मनोरञ्जन पार्क, खेलकुदको विकास, उच्चशिक्षा, बृद्धाश्रम, गरिबि न्युनिकरण, रोजगारीको व्यवस्था, नगरको सम्पूर्ण विकास गर्ने बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *