Loading...
मधेशलाई शोषन गर्ने बेलामा कांग्रेस, माओवादी, एमाले एक भएको र अहिले अधिकार दिने बेलामा विभाजनको नाटक- राजेन्द्र महतो
वीरगंज  जेठ // राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले एमाले अध्यक्ष केपी ओलीको नयाँ अवतारका रुपमा उपेन्द्र यादव प्रकट भएको आरोप लगाएका छन ।
महतोले आज वीरगंजको घण्टाघर चोकमा प्रेस मंच नेपाल पर्सा शाखाले आयोजन गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हिजोको आन्दोलन पारीको भएको भन्ने केपी ओलीको भनाई र आजको आन्दोलनमा पारीको सहभागिता देख्ने  उपेन्द्र यादवको कुराले ओलीको नयाँ अवतार यादव भएको भन्दै आलोचना गरे । उनले संविधान संशोधन सहित मधेशका माग पुरा गरे आफूहरु निर्वाचनमा जान प्रतिबद्ध रहेको बताए ।
माग पुरा नहुदासम्म महतोले आन्दोलन कुनै हालतमा फिर्ता नहुने दावी गर्दै मधेशलाई शोषन गर्ने बेलामा कांग्रेस, माओवादी, एमाले एक भएको र अहिले अधिकार दिने बेलामा  विभाजनको नाटक रहेको आरोप समेत लगाए ।
 जनसंख्याको आधारमा गाउँपालिका, नगरपालिकाको घोषणा, मधेश आन्दोलनमा लागेका झुठा मुद्दा फिर्ता, शहिद घोषणा, घाइतेको उपचार र क्षतिपूर्ति  लगायतका माग पुरा भए आफूहरु निर्वाचनमा जान तयार रहेको समेत  महतोले बताए ।
सरकारले बल प्रयोग गरेर निर्वाचन गरे अनर्थ हुने चेतावनी दिदै महतोले निर्वाचनको नाममा उपेन्द्र यादव र विजय गच्छेदारले मधेशलाई आगोमा धकेल्न खोजेको आरोप लगाए ।उनले समस्या समाधान गरेर निर्वाचन गराए मात्रै देश बच्ने बताउदै २०७४ माघ ७ गते भित्र ३ तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्ने सरकारले असार १४ को निर्वाचन सार्दैमा संविधान कार्यान्वयनमा कुनै फरक नपर्ने उनको धारणा थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *