
विराटनगर २, असार । देशको सबैभन्दा विशाल औद्योगिक नगरी विराटनगरका प्रतिष्ठित उद्योगी व्यापारीहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपालको उठाउँदै आएको राजनीतिक एजेन्डासँग सहमत हुँदै दुई सय बढी चर्चित उद्योगी, एमाले र कांग्रेसका नेताहरुले पार्टीको सदस्यता लिएका छन् ।
स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा प्रदेश नं. १ मा पर्ने विराटनगरका उद्योगी व्यापारीसहित राजनीतिक नेतृत्वको प्रवेशले मोरङमा फोरम नेपाल झन् बलियो बनेको छ । विराटनगरको जलजला चोकमा बिहिबार आयोजित पार्टी प्रवेश एवं चुनावी सभामा नवप्रवेशी उद्योगी व्यापारी एवं एमाले र कांग्रेस लगायतका नेताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्वयंले स्वागत गर्दै पार्टीमा भित्र्यिाएका छन् ।
नेकपा एमालेका पूर्व निर्वाचित वडा अध्यक्ष चन्द्र शेखर चन्दू, मारवाडी सेवा समितिका सचिव अशोक अटल, एमालेका वडा इकाई कमिटि अध्यक्ष कमलेश शर्मा फोरम नेपालमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसकी नेता बिना कर्ण, राकेश कर्ण लगायत दुई सय भन्दा बढी राजनीतिक नेतृत्व र उद्योगी व्यापारीहरु पार्टीमा आबद्ध भएका छन् ।
Facebook Comments