
धिरेन्द्र कुमार यादव, कांग्रेस र एमाले त्यागेर मधेसवादी दलहरुले २०६४ को संविधान सभाको चुनाव लडे । चुनाव जितेर फेरि कुर्सीको खेलमा लागेर विचार त्याग गर्दै कांग्रेस, एमालेसंग मिलेर सरकारमा सहभागी भयो ।
जबकी कांग्रेस र एमालेलाई मधेस विरोधी भन्दै मातृ पार्टी त्यागेर चुनाव जितेर फेरि उनैसंग सरकारमा गए । यहीनिरबाट मधेशवादी दलहरु विचारको दृष्टिकोणले पछाडी परे ।’तराई-मधेसका जनताको हकअधिकारको लागि तमलोपा, फोरम र सद्भावना पार्टीबाट लडेरहेका नेताहरु कुर्सीको लोभमोहमा १३ टुक्रामा विभाजित भए !
‘सत्ताको पछाडि लागेर कुर्सी रोजे !२०६३ देखि २०७० सम्म झन्डै ५६ वटा मन्त्री पद पड्काए,’ कुर्सीको पछाडि नेताहरु लाग्दा मधेसका जनताहरुसंग अहिले राजपाका नेताहरुले कमाएको विश्वास गुमाए !पहिलो संविधान सभाको चुनावमा मधेसमा १२३ वटा सिट जीतेका हालका राजपाका नेताहरुले जनतासंगको विश्वास गुमेपछी १२ वटा सिटमा सीमित हुनुपर्यो ।
राजपा अहिले दोधारे चरित्र प्रदर्शन गरे, अहिले राजपाका नेताहरु एजेण्डा, विचार र सिद्धान्त बिहिन बन्दै गएको हो ।
Facebook Comments