Loading...
ससफो झापा धमाधम उम्मेद्वार चयनमा

२ असार, झापा । संघीय समाजवादी फोरम, नेपाल झापाले स्थानिय तहको निर्वाचनमा झापाको विभिन्न क्षेत्रहरुमा आफ्नो उम्मेद्वार घोषण गरिरहेको बेला शुक्रबार झापाको विर्तामोड नगरपालिकामा मेरय, उपमेयर सहित विभिन्न वडाका विभिन्न पदमा उम्मेद्वारी घोषणा गरेको छ ।

विर्तामोड नगरपालिकाका मेयर पदमा पदमबहादुर ग्याबक तामाङ र उपमेयर पदम चीजा राईको उम्मेद्वारी रहने पत्रकार सम्मेलन गरि औपचारीक रुपमा जानकारी गराएको हो । औपचारिक रुपमा शुक्रबार मात्रै घोषण गरिए पनि चुनावि अभियान घोषणा अगावै देखि नै गरिरहेको पार्टीका जिल्ला सचिव सुशिल राईलेजानकारी दिनुभयो ।

मेयर पदका प्रत्यासी पदमबहादुर ग्याबक तामाङ नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद विर्तामोडका अध्यक्ष हुन भने उपमेयर पदका उम्मेद्वार चीजा राई नगर सदस्य छन् । महासंघ संगै विभिन्न सामाजिक संघसंस्थामा समेत काम गरिरहेको बताए ।

वडा अध्यक्षहरुमा बिर्तामोड नगरपालिकाको वडा नं. १ मा रीनामाया तामाङ, वडा नं. ३ मा हरिनारायण चौधरी, वडा नं. ४ मा रामनारायण चौधरी, वडा नं. ५ मा तीलबहादुर राई, वडा नं. ६ मा विरेन मेचे र वडा नं. १० मा लक्ष्मी देवानलाई वडाध्यक्ष उठाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *