
संघीय समाजवादी फोरम, नेपाल रौतहटको आयोजनामा आज समपन्न कार्यक्रमले कांग्रेस , राजपा , एमाले , माओवादी परित्याग गरी पुर्व गाविस अध्यक्ष सनुप महतोको अगुवाईमा ५०० भन्दा बढी जनालाई पार्टीमा प्रवेश गराएका छन ।
महासचिव रामसहाय यादवले नेता सनुप महतोलाई फुलमालाले स्वागत गर्दै भव्य समारोहकाबीच स्वागत गर्दै अब उपरान्त दक्षता र कार्य सम्पन्नताको आधारमा समुचित स्थान र अवसर दिने उदघोष गर्नुभयो ।
राम अवतार पंडितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यत्रय रामकिशोरयादव, बबन सिंह, योगेन्द्र राय यादव, बिन्देश्वर यादव, रेवन्त झा , जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल सहितकोउपस्थिति रहेको थियो ।
Facebook Comments