
काठमाडौं, असार ३ । सरकारले माग सम्बोधन नगरी जबरजस्ती चुनाब गरे अप्रिय निर्णय लिन आफूहरु बाध्य हुने राष्ट्रिय जनता पार्टीका एक नेताले बताएका छन । राजपाको अध्यक्ष मण्डलको बैठकले सरकारको दुई नम्बर प्रदेशको निर्बाचन सार्ने निर्णयलाई अस्वीकार गर्दे आन्दोलनको कार्यक्रम थप सशक्त बनाउने निर्णय गरिसकेको छ ।
राजपका एक नेताले भनेका छन, हामी सके सम्म निर्बाचन हुन नदिने गरी संघर्ष गर्छो यदी सरकारले जबरजस्ती गरे त्यसपछिको परिणाम के हुन्छ म अहिले भन्दिन । उनले सरकारले पेलेर चुनाब गराउन खोजे चुनाब भएका मधेसको जिल्लामा समानन्तर स्थानीय तह सञ्चालन गर्न सक्ने सम्मको चेतावनी दिएका छन ।
हामीसँग अरु बिकल्प छैन या त सरकार जिम्मेबार हुनुपर्यो होइन भने हामी अप्रिय निर्णय लिन तयार हुन्छौ, उनको भनाइ थियो ।
Facebook Comments