Loading...
मेयरका टिकट नपाएको झोकमा फोरम नेपाल छाडेर गुप्ता गए फोरम लोकतान्त्रिकमा

कपिलवस्तु ।  संघीय समाजबादी फोरम नेपालका पूर्व कपिलवस्तु जिल्ला अध्यक्ष सतिषचन्द्र गुप्त नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गर्नुभएको छ । लामो समय पार्टीको अध्यक्ष भएर राजनीति गरेका गुप्तको पार्टी परित्यागले अहिले संघीय समाजबादी फोरम कपिलवस्तुलाई ठूलो धक्का लागेको छ ।

जिल्लाको शिवराज नगरपालिका २, बालापुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा गुप्त नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गर्नुभएको हो । ११ वर्षसम्म संघीय समाजबादी फोरम नेपालको जिल्ला अध्यक्ष भई काम गर्नुभएका गुप्तलाई संघीय समाजबादी फोरमले मेयर पदको टिकटमा समेत उपेक्षा गरेको भन्दै संघीय समाजबादी फोरम नेपाल परित्याग गरेको उहाँले बताउनुभयो ।

उहाँ मधेश आन्दोलनका बेला मधेशी मोर्चाको जिल्ला संयोजक समेत रहनुभएको थियो । भने अहिले संघीय समाजबादी फोरम नेपालको प्रदेश नं. ५ का सदस्य समेत हुनुहुन्थ्यो । संघीयसमाजबादी फोरमको सम्पूर्ण पद परित्याग गरी लोकतान्त्रिक फोरममा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो ।यता गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुका अध्यक्ष जानकी प्रसाद यादव माओबादी केन्द्र परित्याग गरी नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गर्नुभएको छ ।

यादव लामो समयदेखि माओबादी केन्द्रका सदस्य रही राजनीतिकमा सक्रिय हुनुहुन्थ्यो । सतिषचन्द्र गुप्त शिवराज नगरपालिकार जानकी प्रसाद यादव विजयनगर गाउँपालिकाको मेयर पदको टिकट पाउने बुझिएको छ ।यस्तै संघीय समाजबादी फोरमका पूर्व जिल्ला सदस्य किशोर चौधरी समेत लोकतान्त्रिक फोरममा प्रवेश गर्नुभएको छ ।

उहाँहरुसहित सडवाका राजु चौधरी, पिपरीका मुन्नीलाल गडरिया, गौराभारीका चन्द्रप्रकाश चौधरी, बकौलीका रामप्रसाद रैदास, गुगौली देउपुराका लक्ष्मण प्रसाद यादव, जोलाहीका तुल्सीराम थारु सहित२सय बढी नेता तथा कार्यकर्ताहरु लोकतान्त्रिक फोरममा प्रवेश गरेको लोकतान्त्रिक फोरम शिवराज नपा वडा २का अध्यक्ष रामबहादुर चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष शत्रुघन विलास सिंह, केन्द्रिय सदस्य जगतबीरथारुले सदस्यता रसिद र टिका लगाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा लोकतान्त्रिक फोरमका वरिष्ठ जिल्ला उपाध्यक्ष सन्तोष मिश्र, थारु नेता जलेश्वर थारु, रामपति थारु, जगदेव थारु लगायतका नेताहरुले समेत नव प्रवेशीलाई अबिरले स्वागत गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *