Loading...
राजपा नेपालका कार्यकर्ताद्वारा गौरमा लाठी जुलुस प्रदर्शन

नरेन्द्र साह । असार ३ रौतहट ।रौतहटको सदरमुकाम गौरमा आज राजपा नेपाल द्धारा विशाल लाठी जुलुस प्रर्दशन गरेका छन । गौरको मधेशी क्रान्ति चौकबाट लाठि जुलुस प्रदर्शन शुरु भई गौर नगरपरिक्रमा गरी सिचाई गेट अगाडि कोणसभामा परिणत भएको थियो ।लाठि जुलुस मा बाजागाजाका साथ राजपा का नेताकार्यकर्ता हरूले प्रदर्शन गरेका थिए ।

संबिधान संशोधन बिना स्थानीय चुनाव बहिष्कार गरौ, मधेशी एकता जिन्दावाद, भोलीको मधेश बन्द सफल पारौ जस्ता नारा का साथ प्रदर्शन गरिएको थियो । दोश्रो चरण स्थानिय तह चुवान विथ्लोनका लागि राजपा नेपालले आन्दोलनको घोषणा गरेको थिए ।

मधेशको जिल्लाहरुमा राजपा नेपालका कार्यकर्ताहरुद्धारा आज लाठी जुलुस प्रर्दशन गरेका थिए । राजपा नेपालका कार्यकर्ताहरु द्धारा आज गौरमा पनि लाठी जुलुस प्रर्दशन गरेका थिए । राजपा नेपालका सम्पुर्ण मण्डलीहरु सहभागिता जनाएका थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *