Loading...
चितवन प्रमुखका उमेद्वार रेणुलाई ‘थुक्क नक्चरी……. अझ सालिन रे’ लगायतका गाली लेख्ने एमालेका कार्यकर्ता पक्राउ

चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध मुद्दा दायर गरिएको छ ।रेणुका श्रीमान् अनिलकुमार पाठकले शुक्रबार भरतपुरका मेयर उम्मेदवार देवी ज्ञवालीका छोरासहित २ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयचितवनमा किटानी जाहेरी दिएका हुन् ।

ज्ञवालीका छोराले निरव नाम गरेको फेसबुकमार्फत रेणुलाई ‘थुक्क नक्चरी नांगै हिड्नु सडकमा बरु । अझ सालिन रे’ भन्ने लेखेको र एसबी बोहोराको नामबाट फेसबुक चलाउने सन्तोष बोहोराले ‘भरतपुर महानगरपालिकाको वडा न. १९ मा घरदैलो कार्यक्रमको नाममा पैसा बाढ्दैछे पूर्व भारतीय वेश्या रेणु दाहाल, होसियार’ लेखेका छन् ।

उनी दुबै जनाविरुद्ध विद्युतिय अपराधअन्तर्गत मुद्दा दर्ता गर्दै रेणुका श्रीमानले आफ्नो जाहेरी निवेदनमा भनेका छन्– ‘सामाजिक संजाल फेसबुकमार्फत सबैले पढ्न बुझ्न जान्न सक्ने गरि सार्वजनिक रुपमा कथित आरोप र अश्लिल शब्द प्रयोग गरी मेरो श्रीमती रेणु दाहाल, हाम्रो परिवार तथा आफन्तजनहरु समेतको इज्जत, मान प्रतिष्ठामा जानीजानी आघात पुर्याइएको छ ।

उनले मुद्धामा बिद्युतीय कारोवार एन २०६३ बन्देज लगाएको कानुन बिपरित कार्य गरेको भन्दै दुवै जनालाई हदैसम्मको कारवाही गर्न निवेदन गरेका छन् । यता रेणु दाहालले सञ्चारकर्मीसँग भनेकी छन्– ‘जसले जे गरे पनि हुन्छ जस्तो देखियो, एउटा गलत नजिर बस्ने अवस्था देखिएकाले मेरो श्रीमान्ले जाहेरी दिनुभएको हो ।

’साइबर क्राइम मुद्दामा ५ वर्ष जेल सजायँ हुनसक्छः एसपी थापायसैबीच चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले फेसबुकमार्फत रेणुलाई अश्लील शब्दमा गाली गरेको भन्दै एमाले उम्मेदवारका छोरा निरव ज्ञवाली र एमाले कार्यकर्ता एसबी बोहराविरुद्ध किटानी जाहेरी परेको जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भए पनि साइवर अपराध मुद्दा काठमाडाँै जिल्ला अदालतले मात्रै हेर्ने भएकाले काठमाडौँकै प्रहरीबाटै हेर्नेगरी पठाइएको उपरीक्षक थापाले बताए ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर प्रमाणित भएमा रु दुई लाख जरिवाना र पाँच वर्षसम्म कैद या दुबै सजाय हुनसक्ने उनको भनाइ छ ।‘विद्युतीय कारोबार ऐन २०६३ ले बन्देज लगाएको कानुन विपरितको कार्य गरेको हुँदा निज अन्यायी दुबैजनालाई खोजतलास गरी यसै कार्यालयबाट तत्काल पक्राउ गरी ल्याई विद्युतीय कारोबारी ऐनअनुसारहदैसम्मको सजाय जरिवानासमेत गरी न्याय पाउँ,’ पाठकको किटानी जाहेरीमा उल्लेख छ । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *