
३ असार, नवलपरासी । नवलपरासीको परासीमा राजपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले चलाएको रवरको गोली लागि तीन जना घाईते भएका छन् । बुद्धचोकमा राजपाले विरोध सभाको आयोजना गरेको थियो भने सभामा राजपाका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
महन्थ ठाकुर बोलिरहेका बेला राजपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । सभा भइरहेको स्थानमा रहेको मध्य नेपाल यातायात व्यवसायी समितिको कार्यालय तोडफोड गरेपछि झडप सुरु भएको थियो ।तोडफोड रोक्न प्रहरीले दर्जनौ अश्रु ग्याँस चलाएका थिए भने रवरको गोली हानेर राजपाका कार्यकर्तालाई तितरवितर बनाएको थियो । रबरको गोली लागि गेरमीका सुरज गुप्ता र जहदाका नरसिंह चौधरी घाइते भएका छन् ।
Facebook Comments