Loading...
चितवनका खतरनाक लुटेरा पक्राउ

बिष्णु घिमिरे । काठमाडौं,चितवनका एक खतरनाक लुटेरालाई प्रहरीले पक्राउ गरेकोछ । खुनडाँका मुद्धामा फरार अभियुक्त गुल्मी, रुरु नगरपालिका–२ बस्ने २० वर्षीय सितल सुनार भन्ने झकबहादुर सुनारलाई ।

नारागणगढ पुल्चोकबाट बिहिबार प्रहरीले पक्राउ गरेको हो ।उनले गत जेठ ५ गते भरतपुर महानगरपालिका–२५स्थित साहुनी महतोको घरमा प्रवेश गरी गंगासागर महतोलाई पेस्तोलले तथा साहुनी महतो र रामकुमारी महतोलाई फलामे हथौडा समेत प्रहार गरी गम्भीर घाइते बनाई घरकोनगद, सुनका गहना लगायतका धनमाल लुटी लगेकोमा गंगासागर महतोको उपचारको क्रममा मृत्यु भएको थियो ।

उक्त खुनडाँका मुद्धामा संलग्न व्यक्तिहरुको पहिचान गरी खोजी गर्नेक्रममा सुनार र भरतपुर महानगरपालिका–२७बस्ने ३८ वर्षीय कृष्ण परियार समेतको संलग्नता रहेको बुझिन आएपछि सुनारलाई प्रहरीले किरब एक महिनापछि पक्राउ गरेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *