Loading...
दोस्रो चरणको निर्वाचन अन्तर्गत आज प्रदेश न १,५ र ७ मा मनोनयन दर्ता हुँदै

काठमाडौं, असार ४ । दोस्रो चरणको निर्वाचन अन्तर्गत आज प्रदेश न १,५ र ७ मा मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले तीन प्रदेशमा निर्वाचनका सम्पुर्ण तयारी पुरा भएको बताएको छ । राजपा र बिप्लब माओबादीबाट सुरक्षा चुनौती भन्दै त्यस क्षेत्रमा सुरक्षा ब्यबस्था कडा बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले प्रदेश न २ को निर्वाचन स्थगित गरेर अन्य प्रदेशमा निर्बाचन कार्यतालिका हेरफेर गरेर दुइ दिन पछी आजको लागि मनोनयन दर्ता गर्ने निर्णय गरेको थियो । राजपा निर्वाचनमा आउने अपेक्षा सहित सरकारले निर्वाचन कार्यतालिका परिवर्तन गरे पनि उनिहरुले भने निर्वाचनमा सहभागिता नजनाउने भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *