Loading...
राजपामा आन्दोलनविरुद्ध विद्रोह सुरु, पर्साका स्थानिय नेताहरुले बन्द फिर्ता लिन दबाब दियो

काठमाडौं ४ असार । चुनाव बिथोल्न बन्द हड्तालमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) भित्रै आन्दोलन विरुद्ध विद्रोह सुरु भइसकेको छ । बन्द हड्ताललेजनताको दैनिक कष्टकर बनेको भन्दै विद्रोही नेताहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन राजपा नेतृत्वसँगमाग गरेका हुन् ।

पर्सास्थित राजपाका स्थानीय नेताहरूले बन्दहड्ताल जस्ता कार्यक्रम प्रदेश २ मा अहिले नल्याउन नेतृत्वलाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय तहले १४गते गर्न भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्थगित गराउन दबावका लागि आन्दोलन गर्न लागेका बेला उनीहरूले प्रदेश २ को हकमा यस्तो आग्रह गर्दै लिखित सिफारिस केन्द्रमा पठाउने निर्णय गरेका हुन् ।

मंगलवारदेखि सुरु भएको चारदिने हड्ताल सरकारले प्रदेश नम्बर २ को निर्वाचन सारेसँगै चौथो दिन शुक्रबार स्वतःस्फूर्त रूपमा खुलेको थियो । पर्सा लगायत मधेशको अन्य जिल्लामा पनि बन्दको खासै प्रभाव देखिएको छैन । जनताले स्वस्फूर्त ढंगले अवज्ञा गर्न थालेपछि राजपाको आन्दोलन कमजोर बनेको हो ।

वीरगन्जमा भएको राजपाका अध्यक्षमण्डलसहित जिल्लाका नेताको बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता शशीकपुर मियाँले बताए । मियाँले भने, ‘हामीले केन्द्रलाई यसका लागि आग्रह गर्ने निर्णय गर्यौ, यहाँका जनता र उद्योगी व्यवसायीले हाम्रो पछिल्लो आन्दोलनमा नैतिक समर्थन जनाउँदै साथ दिए, अब अहिलेलाई यहाँ बन्दहड्ताल उपयुक्त नहोला भन्ने हाम्रोबुझाइ हो ।’

अहिले सरकारले दुई नम्बर प्रदेशलाई छुट्टाएर प्रदेश नम्बर १, ५ र ७ मा मात्र दोस्रो चरणको स्थानीय तह निर्वाचन गर्न लागेकोे भन्दै सोकोको बिरोधमा राजपाले आन्दोलनलाई निरन्तरता दिन लागेको बताएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *