Loading...
नवलपरासीमा राजपाका कार्यकर्ता धमाधम पक्राउ मनोयन दर्ता जारी
  रविन्द्र यादव, नवलपरासी, ४ असार । नलवपरासीमा राजपाका नेताहरुलाई धमाधम पक्राउ गर्ने कार्य जारी रहेको छ । हिजो देखि पक्राउ गर्दै आएको प्रहरीले आज पनि एक दर्जन भन्दा बढि राजपा नेपालका नेताहरु लाई पक्राउ गरेको छ । हिजो राजपा नेपालको परासीमा भईहरेको विरोध सभामा एकासी झडप हुदाँ ४ जना लाई गोलि लागेको थियो भने दर्जनौं भाईते भएका छन् ।
राजपाका कार्यकर्ताले एमालको टिर्सट जलाउने क्रममा प्रंहरी र कार्यकर्ताहरु बिच झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले करिब १ दर्जन आश्रु ग्यास र अनुमानित ५ राउण्ड रबर गोली फायर गरेको थियो जुन गोली लागेर जिल्लाका ४ जना कार्यकर्ताहरु घाईते भएका छन् । घाईते भएका मध्ये जमुनिया ६ बस्ने ५० वर्षिय नरसिँह चौधरी, गेरमी ७ बस्ने २७ वर्षिय सुरेश गुप्ता, नरसहि बस्ने वर्ष ४० का भगवन्त गुप्ता र गुठि प्रसौनि ३ बस्ने वर्ष ३३ का रामेशवर कुश्वाहा लाई गोली लागेको थियो । त्यस्तै हिजो एक घण्टा तनाव ग्रस्त बनेको सदरमुकाम परासीको अवस्था सहज हुदै गएपछि प्रहरीले ति नेता एवं कार्यकर्ताहरुलाई धरपकड गर्न सुरु ग¥यो ।
हिजो साँझ परासीको रोयल होटेलमा बसेर छलफल गरीरहँदा प्रहरीले राजपाका जिल्ला संयोजक पुरन चौधरी सहित १४ जनालाई प्रक्राउ गरेको थियो भने चोक बाट ३ जना लाई अन्य ठाँउबाट गर्दै हिजो मात्र ३० जना जति लाई पक्राउ गर्यो । त्यस्तै आज पनि विहानै देखि प्रहरीले परासीको बुद्धचोक र प्रतापपुर गाँउपालिकाको बेलाटारी बाट १० जान राजपा नेपालका नेता तथा कार्यकर्ताहरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजपा संयोजक पुरन चौधरी, राजपा नेपाल सदस्य विजय अग्रहरी, पुर्व शिक्ष राज्य मन्त्रि गोविन्द चौधरी, हैदर अलिमोमिन,राजेन्द्र तिवारी, अशोक गुप्ता,गरी, रामप्रित यादव, क्रमुहुसैन अंसारी, नाथु सिँह, रामऔतार, महातम गौंड र अन्य गरी ४० जना जति पक्राउ गरेको राजपाका नेताहरु तथा कार्यकर्ताहरु लाई हईवेमा सिफ्ट गरेको छ ।
त्यस्तै आज मनोयन दर्ता गर्ने उमेदवारहरु पनि शान्तिपुर्ण तरीकाले मनोयन दर्ता गराईरहेका छन् । आज राजपा नेपालले को बन्द तथा विरोध गरी मनोयन दर्ता गर्न नदिने कार्यक्रम भएपछि जिल्ला भरी कडा सुरक्षा व्यवस्था गरीएको छ । नेपाल प्रहरी, शशस्त्र प्रहरी बल, र नेपाली शेनाको टोलीहरु लाई चोक चोकमा राख्दै शान्तिपुर्ण तरीकाले मनोयन दर्ता गराउने कार्यक्रममा जारी रहेको छ । भने सिमा क्षेत्र भएको गाँउपालिकाहरु को चोक चोकमा विरोध भई रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *