Loading...
ब्यापक जनसहभागिता सहित मनोनयन दर्ताको कार्यक्रम सम्पन्न राजपाको पनि उम्मेदवारी

काठमाडौं,असार ४ । स्थानिय तहको निर्वाचन अन्तर्गत प्रदेश न १,५ र ७ मा ब्यापक जनसहभागिता सहित मनोनयन दर्ताको कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको बिहान ८ बजे बाट प्रारम्भ भएको उम्मेद्ववारी अहिले ४ बजे सकिएको छ ।

प्रदेश न १, ५ र ७ को ३३४ स्थानिय तहमा नेपाली काङ्रेस्, नेकपा एमाले, माओबादी केन्द्र, सघिय समाजबादी फोरम, नेपाल लोकतान्त्रीक फोरम लगायतका दलहरुले महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका र गाउपलिकामा, मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष्, वडाध्यक्ष र सदस्यहरुमा उम्मेद्वारी दिएका छन । रुपन्देही लगायत कतिपय स्थानमा आन्दोलनरत राजपाले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन ।

१५ हजार ३८ जनप्रतीनिधी निर्बाचित हुने निर्वाचनको लागि प्रदेश न १, ५ र ७ को ३३४ स्थानिय तहमा यही असार १४ गते मतदान हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *