Loading...
सङ्हिय गठबन्धनको औचित्य समाप्त, गठबन्धन फुट्यो, राजपा बाहेक सबै दल चुनाबमा

काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्षका मण्डल सदस्य महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धन फुटेको छ । राजपा चुनाव बिथोल्न हिडेपछि गठबन्धनमा आबद्ध राजनीतिक दलहरुले त्यसको विरोध गर्दै गठबन्धनबाट उनीहरु बाहिरिएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकोनेतृत्व कुमार लिङ्देन र संघीय लिम्बुवान पार्टी नेपालको नेतृत्व सम्झुहाङ पालुङवाले ठाकुर नेतृत्वको गठबन्धनलाई परित्याग गरेका छन् ।स्थानीय तहको दोस्रो चरणको चुनावमा भाग लिने या नलिने विषयमा एक मत हुन नसकेपछि महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धन फेरि विभाजित भएको हो ।

गठबन्धनमा आबद्ध दुई पार्टीले चुनावमा भाग नलिने गठबन्धनको निर्णय अस्वीकार गर्दै दोस्रो चरणको चुनावमा जाने निर्णय गरेका छन् । संघीय गठबन्धनमा आबद्ध संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान पार्टी नेपालले चुनावमा भाग लिने निर्णय गरेका हुन् ।

संघीय गठबन्धनमा आबद्ध संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान पार्टी नेपालले चुनावमा भाग लिने निर्णय गरेका हुन् ।लिङ्देनले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरी चुनावमा जाने बताएका छन् ।

उनले भने, ‘आलोचनात्मक रूपमा समर्थन गर्दै चुनावमा जाने वातावरण बनेको हो । हामीले चुनावमा जाने निर्णय गरेका हौं ।’गठबन्धनसँग आबद्ध दुई पार्टी चुनावमा जाने तयारी गरेपछि शुक्रबार महन्थ ठाकुरले संघीय गठबन्धनका तर्फबाट नभई राजपा नेपालका तर्फबाट विज्ञप्ति जारी गरेका थिए ।

यसअघि ठाकुरले आन्दोलनका कार्यक्रम संघीय गठबन्धनकातर्फबाटै जारी गर्थे । ठाकुरले गर्ने पत्रकार सम्मेलन पनि गठबन्धनका तर्फबाट गरिएका हुन्थे ।संघीय गठबन्धनमा विभाजन भएको यो पहिलोपटक होइन ।

पहिलो चरणको चुनावमा संघीय गठबन्धनको नेतृत्व गरेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावमा गएपछि चुनाव बहिष्कार गरेका महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरूले फोरम नेपालका अध्यक्ष यादवलाई गठबन्धनबाट हटाएको घोषणा गरेका थिए ।

त्यसअघि यादवले गठबन्धनको नेतृत्व गर्ने मात्र नभई गठबन्धनको बैठक पनि फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बस्ने गथ्र्यो ।

तर यादवलाईगठबन्धनबाट हटाइएको घोषणा गरेपछि गठबन्धनको नेतृत्व महन्थ ठाकुरले गर्दै आएका थिएन ।गठबन्धनको बैठक पुरानो तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा बस्ने गरेको छ ।

गठबन्धनमा आबद्ध दुई दलले चुनावमा जाने घोषणा गरेपछि ठाकुर नेतृत्वको गठबन्धनको औचितय करिब समाप्त भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *