Loading...
मधेशलाई ३२ जिल्लाबाट ८ जिल्लामा सिमित बनाएको राजपाले समेत दिए उमेदवारी कहाँ- कहाँ दिए उमेदवारी ?

रुपन्देहीका तीन स्थानीय तहमा राष्ट्रिय जनता पार्टी नेपालका नेता-कार्यकर्ताले स्वतन्त्र उम्मेदवारका रूपमा मनाेनयन दर्ता गराएका छन् ।

राजपा नेपालले चुनाव बहिस्कार गरेपछि स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता भएको हो ।राजपाका नेताहरुले सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईको सम्पुर्ण पदमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका हुन् ।यो साविकको निर्वाचन क्षेत्र नम्बर ६ का गाउँपालिकाहरु हुन्, जसलाई राजपा नेता शर्वेन्द्रनाथ शुक्लाको पकड भएको क्षेत्र मानिन्छ ।

प्रत्येक गाउँपालिकाको ३७ वटै पदमा गरी ३ वटा गाउँपालिकामा १ सय ११ पदमा नेता शुक्लाका समर्थक कार्यकर्ताहरुले स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता गराएको स्रोतले बताएको छ ।

सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा अशोक कुमार शुक्ल र उपाध्यक्षमा कमालुद्दिन शेख स्वतन्त्र उम्मेदवार बनेका छन् ।त्यस्तै मर्चवारीमाई गाउँपालिकाको अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकी प्रसाद चौधरी तथा कोटहीमाई गाउँपालिकाको अध्यक्षमा बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।सम्मरीमाई गाउँपालिकाका निर्वाचन अधिकृत कमल पन्थीले स्वतन्त्र उमेदवार कुन पार्टी वा कसको समर्थक भएको विषयमा आफुलाई आधिकारिक रुपमा जानकारी नभएको बताउँदै सम्पुर्ण पदमा स्वतन्त्र उमेदवारी दर्ता भएको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *