Loading...
विप्लप नेतृत्वको नेकपाको दोहोरो नीति रोल्पाको थवांगमा उम्मेदवारी दर्ता

रोल्पा, असार ५ । पहिलो स्थानीय तहको निर्वाचन वहिस्कार गरेको नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले स्वतन्त्र रुपमा रोल्पाको थवाङमा निर्वाचनमा भाग लिने भएको छ । निर्वाचनमा दर्ता नभएको यो पार्टीले स्वतन्त्र हैसियतले निर्वाचनमा भाग लिदैंछ । थवाङमा उपयोग अन्य क्षेत्रमा वहिस्कार गर्ने दोहोरो नीति पार्टीले लिएको खुल्न गएको छ ।

थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको नेकपाबाट भक्तबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका हुन् । विप्लवले नेतृत्व गरेको नेकपाको थवाङमा बलियो उपस्थिति रहेको मानिन्छ । अधिकार सम्पन्न स्थानीय सरकार अन्य पार्टीको थवाङमा बन्दा नेकपाका लागि ठूलो धक्का लाग्ने ठानेर उनीहले अप्रत्यक्ष रुपमा थवाङको निर्वाचनमा भाग लिएको हुनसक्ने बताइएको छ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा वहिस्कार त्यति प्रभावकारी नभएको, आफ्नो प्रभाव रहेको क्षेत्रमा वहिस्कारको खासै प्रभाव नपर्दा अस्तित्वमै प्रश्न चिन्ह आउने भएकाले भाग लिएको हुनसक्ने विश्लेषण गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *