
काठमाडौं, असार ५ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई पितृ शोक परेको छ । महतोको बुबा १०० वर्षिय खोभारी महतोको आज बिहान ५ बजे निधन भएको छ ।
ईश्वपुर नगरपालिका बैलवास स्थित राजेन्द्र महतोको ठूलो दाई महेन्द्र महतोको घरमा उनको निधन भएको नाती उपेन्द्र महतोले जानकारी दिएका छन् । आज दिउँसो १ बजे बागमती कर्मैया घाटमा दाहसंस्कार गरिने नाती महतोले जानकारी दिए ।
आन्दोलनको क्रममा भैरहवामा रहेका नेता राजेन्द्र महतो सर्लाहीको लागि हिडिसकेको जनाइएको छ ।
Facebook Comments