Loading...
गोर्खाल्याण्डको माग वार्ता मार्फत समाधान गर्न भारतीय गृहमन्त्री राजनाथ सिंहको गजमोलाई आहवान

नयाँ दिल्ली, असार ५ । भारतीय गृहमन्त्री राजनाथ सिंहले गोेर्खा जनमुक्ति मोर्चालाई बार्तामा आउन आहवान गरेका छन । भारतको दार्जिलङमा छुट्टै गोर्खाल्याण्ड राज्यको माग राख्दै आन्दोलनरत गोजमोको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सिंहले सो आहवान गरेका हुन ।

भारतीय गृहमन्त्री सिंहले ट्वीट मार्फत भारतमा हिंसात्मक आन्दोलनले समस्या समाधान नभएको स्मरण गराउदै बार्तामा आउन भनेका हुन । सिंहले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग गोर्खाल्याण्ड आन्दोलनको सम्बन्धमा बार्ता मार्फत समस्या समाधान गर्ने बिषयमा कुराकानी भएको समेत उल्लेख गरेका छन ।

छुट्टै गोर्खाल्याण्डको माग गर्दे केही दिन देखि दार्जिलिङमा चर्केको आन्दोलनमा क्रममा अहिले सम्म तीन जनाको ज्यान गइसकेको छ भने आन्दोलन थप उग्र बन्दैगएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *