
काठमाडौं । चुनाव बहिष्कारको घोषणासहित आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टी नेपालले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल बदला लिने भएको छ ।राजपाका नेता मनीष सुमनले मधेसी जनतालाईधोका दिने उपेन्द्र यादवसँग बदला लिने आफूहरुले बदला लिने चेतावनी दिए । सोमबार रिपोर्टर्स क्लबद्धारा आयोजित साक्षात्कारमा उनले भने– ‘मधेस र मधेसीलाई लात हान्दै सरकारबाट मोटो रकम बुझेर चुनावमा जानेलाई हामी त्यसै छाड्दैनौं ।’सुमनले निर्वाचनको दिन आफूहरुले एमाले, कांग्रेस र नेकपा माओवादी केन्द्रको विरोधमा जति प्रर्दशन गर्ने हो त्यतिकै मात्रामा फोरम नेपाल र लोकतान्त्रिक फोरमको विरुद्धमा प्रदर्शन गर्ने बताए ।
Facebook Comments