Loading...
ताप्लेजुङको मिक्वाखोलामा कांग्रेसकी लछिमाया निर्विरोध

ताप्लेजुङ, ५ आषाढ । दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसले सुदूरपुर्वी जिल्ला ताप्लेजुङबाट खाता खोलेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ३ लिवाङको दलित महिला सदस्य पदमा लछिमाया विश्वकर्माको मात्र उम्मेद्धारी परेपछि निर्विरोध निर्वा्चित हुनुभएको हो ।
नेपाली कांग्रेसबाट लछिमायाको बाहेक अरु कसैको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिनुभएको छ । बस्नेतले भननुभयो, ‘उहाँ बाहेक अरु कसैको पनि उम्मेदवारी परेन र दाबी विरोध पनि परेन ।’ लछिमाया जिल्लाको पहिलो निर्वाचित जनप्रतिनिधी बन्नुभएको छ । उक्त वडामा कांग्रेस बाहेकका दलले दलित पहिला उम्मेद्वार नपाएपछि कांग्रेस निर्विरोध भएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *