Loading...
एन.एम.सि.का एमडि अंसारीद्धारा पोखरिायमा सामुहिक इफतारी
वीरगंज ५ असार,
नेशनल मेडिकल कलेजका प्रबन्धक÷निर्देशक एवं समाजसेवी बसरुदिन अंसारीले पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिकामा सामुहिक इफतारी एवं स्थानियासीसंग छलफल गर्नु भएको छ ।
मुस्लिम समुदायको महान पर्व रमदानको अवसरमा आज पोखरिया बजार स्थित स्थित मकरज मस्जिदमा नेशनल मेडिकल कलेजका एमडि एवं नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार समेत रहनु भएका बसरुदिन अंसारी, संघिय समाजवादी मुस्लिम फोरमका राष्ट्रिय अध्यक्ष मौलाना नुरुल होदा साहेब, महम्मद फिरोज, संघिय समाजवादी फोमर नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गदी, महम्मद मन्सुर लगायत स्थानिय मुस्लिम समुदायका रोजा गर्ने सर्वसाधारणहरुले सामुहिक रुपमा इफतारी गर्नु भएको छ ।
सो अवसरमा वीरगंज महागरपालिकाका मेयरका उम्मेदवार समेत रहनु भएका अंसारीले मन्त्री परिषद्को बैठकले प्रदेश नं. २ को निर्वाचन सारेकोमा आपत्ति प्रकट गर्नु भयो । वीरगंज महानगरलाई नेपालकै नमुना शहर बनाउनेमा प्रतिबद्धता जनाउनु हुदै उहांले आफु मेयरमा निर्वा्चित भए पछि स्थानिय युवाहरुको लागि मनोरञ्जन पार्क, खेलकुदको विकास, उच्चशिक्षा, बृद्धाश्रम, गरिबि न्युनिकरण, रोजगारीको व्यवस्था, नगरको सम्पूर्ण विकास गर्ने बताउनु भएको छ । वीरगंजलाई २४ घण्टा विद्युत परिपुर्ति गर्न सोलार पावरको व्यवस्था, सडकको स्तरोन्नती, सरसफाई, बजार व्यवस्थापनमा समेत ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा पप्पु सिंह, दिलिप साह, हरिनारायण रौनियार लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *