Loading...
सोलुखुम्बुको खुम्बु पासाङलह्मुमा दलित महिला सदस्य निर्बिरोध निर्बाचित

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, ५ असार

सोलुखुम्बुको खुम्बु पासाङलह्मु गाउँपालिकाको वडा नम्बर ४ मा दलित महिला सदस्य निर्बिरोध निर्बाचित हुनुभएको छ । नेपाली काग्रेसबाट दलित महिला सदस्यमा उमेदवारी दिनुभएका ४८ बर्षिय किरिमायाँ बिश्वकर्मा निर्बिरोध बन्नुभएको हो ।

अन्य उमेदवार कसैले पनि मनोनयन दर्ता नगराएपछि किरीमायाँ निर्बिरोध निर्बाचित हुने देखिएको निर्बाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

हिजो मनोनयन दर्ताको क्रममा अन्य सबै पदमा मुख्य दलहरुले उमेदवारी दिए पनि ग्रिनभ्यालीको उपनामले चिनिने खुम्जुङ गाउँका लागि वडा नम्बर ४ मा दलित महिला सदस्यमा किरीमायाँ को मात्रै उमेदवारी परेको र दाबी बिरोधको समयमा पनि उनी बिरुद्ध कसैले उजुरी नदिए पछि उनलाइ निर्बिरोध हुन बाटो खुलेको हो । उच्च हिमाली बस्ती समेटिएको खुम्बु पासाङल्हमु गाउँपालिकाबाट नेपाली काग्रेसले बिजयी सुरुवात गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *