
महोतरी । बन्दको अवज्ञा गरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले आईतवार सडक डिभिजन कार्यालय मुजेलियाको मोटरसाईकल जलाएका छन् ।
जनकपुरबाट कार्यालयको कामका लागि जलेश्वरतर्फ आउँदै गर्दा राजपाका कार्यकर्ताहरुले सहोडवामा ज १ ब ३८२ नम्बरको मोटरसाईकल रोकी मटितेल छर्की आगजनी गरेको हो ।
आगजनीबाट मोटरसाईकल पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताए ।
Facebook Comments