Loading...
महोत्तरीमा घाँटी रेटेर युवकको हत्या

महोत्तरी ,घाँटी रेटेर महोत्तरी गाउँपालिका १ पर्सामा एक युवकको विभत्स तरिकाले हत्या भएको छ । महोत्तरी गाउँपालिका १ पर्सा घर भएका २२ वर्षिय नजाम नदाफको घाँटी रेटेर शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ७ बजे घरबाट निस्केका नदाफको आईतबार बिहान जलेश्वर जनकपुर सडक खण्ड अन्तर्गत पर्ने कुटमेश्वरी नदिको बाधमा बिभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरिक्षक राजकुमार लम्सालले बताए ।

युवक नदाफलाई मुख्य सडक भन्दा ३ सय मिटर भित्र कुटमेश्वरी नदिको बाँधमा लगि धारिलो हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।घटना स्थलको प्रकृती हेर्दा हत्या ४÷५ जनाको मिलोमतो देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।  ६ महिना पहिले मात्रै वैदेशिक रोजगारबाट घर फर्केका युवक नदाफको हत्या पछि उनको परिवारमा अहिले रुवावासी छाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक राजकुमार लम्सालले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *