
इटहरी, ५ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय चुनावको लागि खर्च भन्दै ईटहरीका एकजना ब्यापारीसंग १ लाख २५ हजार माग गरेको खुलाशा भएको छ ।
केही दिन अघिको मितीमा एमाले इटहरी उपमहानगरको लेटरप्याडमा जारी गरिएको एक पत्रमा इटहरीस्थित रहेको टिम्बर इण्डिस्ट्रिज प्रालिसँग १ लाख २५ हजार चन्दा माग मागेको खुलाशा भएपछि “एमालेको चन्दा आतंक” भन्दै सामाजिक संजाल लगायत सर्वत्र आलोचना शुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)इटहरी कमिटीको आधिकारिक लेटरप्याडमा यस्तो पत्र लेखिएको भेटिएको छ ।
Facebook Comments