Loading...
मधेस समाप्त पार्ने षडयन्त्रमा राजपा : राम साहय प्रसाद यादव

काठमाडौं, असार ६ । संघीय समाजबादी फोरमका महासचिव राम साहय प्रसाद यादवले राजपाले माफी माग्नुपर्ने बताएका छन । राजपाले आफ्नो नेता र नेतृत्वको बिषयमा गरेको बिरोधको बिषयमा प्रतिक्रिया दिदै यादवले यस्तो बताएका हन ।

राजपाले मधेस र मधेसी जनताको बिरुद्धमा कार्य गरेको आरोप लगाउदै यादवले राजपाको दोहोरो चरित्रका कारण मधेसी जनताले दुख पाएको बताएका छन । हामीले मधेसको एजेण्डा छोडेको भन्ने राजपाको आरोप आत्माघाती भएको बताउदै यादवले राजपा मधेस समाप्त पार्ने षडयन्त्रमा लागेको दाबी गरेका छन ।

यादवले स्थानीय तहको निर्बाचनले मधेसी जनताको हक अधिकार सुरक्षित हुने बताए । राजपाले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाले चुनाबको बिरोध गर्नुको कनै औचित्य नहुने यादवले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *