Loading...
सामाजिक अभियन्ता फखरुद्दीन खान फोरम नेपालका मेयरका उम्मेदबार, बौद्ध धर्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खानको प्राथमिकता

भैरहवा (लुम्बिनी) ६, असार । संघीय समाजवादी फोरम नेपालको तर्फबाट मेयरका उम्मेदबार फखरुद्दीन खानले गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको विकासका लागि अभियान संचालन गरिरहेका छन् । मेयरका युवा उम्मेदबार खानले लुम्बिनीको पहिचान, विकास र संरक्षणका लागि बृहत्तर योजना साझा गरेका छन् ।  ‘विगत लामो समयदेखि बौद्ध धर्मको मुख्य स्थल लुम्बिनीको विकासका लागि म क्रियाशील छु । बौद्ध धर्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु मेरो पहिलो प्राथमिकता हो’– खानले भने । लुम्बिनी क्षेत्रको विकासका लागि बाहिरबाट धेरै संघर्ष गर्दा पनि सोचे जतिको परिणाम आउन नसकेको गुनासो गर्दै उनले भने, ‘बाहिरबाट हुँदोरहेनछ, त्यसैले राज्यको सिस्टमभित्र छिरेर लुम्बिनी क्षेत्रको कायापलट गर्न चाहन्छु ।’

मुस्लिम समुदायमा जन्मेर पनि उनी बौद्ध धर्मको प्रचार र विकासका ठूलो योगदान दिएका छन् । स्थानीय स्तरमा चर्चित युवा नेताको रुपमा परिचित खानले मेयर पदमा विजयी भए लुम्बिनी क्षेत्रको भौतिक पूर्वाधार विकास, बौद्ध धर्मलाई विश्व माझ परिचित गराउने, स्वास्थ्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न अस्पताल खोल्ने योजना बनाएका छन् ।  रुपन्देहीको क्षेत्र नम्बर ७ मा पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयर पदका लागि फोरम नेपालले सामाजिक अभियन्ता खानलाई अघि सारेको छ । नगरपालिकाको नाम मैं ‘संस्कृति’ शब्द जोडिएको भएर अरुभन्दा पृथक रहेको उनी बताउँछन् ।

‘ठाउँको नामले नै एउटा विशेष पहिचान बोकेको हुनाले त्यसलाई वास्तविक रुपमा स्थापित गर्नु, छुट्टै पहिचान दिलाउनु र विकास मार्फत् यसलाई थप व्यवस्थपित गर्नु मेरो पहिलो प्राथमिकता हो’– मेयर पदका उम्मेदबार खानले भने ।  सो क्षेत्रमा अन्य दलको भन्दा बलियो र प्रभावशाली उम्मेदबारका रुपमा उनी सक्रिय भएर लागेका छन् । आठ वटा गाविसलाई समेटेर बनेको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयर पदमा खानलाई समर्थन गर्नेको संख्या ठूलो छ । जसमा एकजना मुख्य पात्र हुन्, कमलेश्र पुरी २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा उनी जम्मा अठार सय मतले पराजित भई सो क्षेत्रमा दोस्रो स्थान बनाउन सफल भएका थिए । तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीका नेता कमलेश्र पुरीले उनलाई झिनो मतले पराजित गरेका थिए ।

करिब महिनादिनअघि पुरीले साधारण सदस्य रहने गरी पार्टीको सबै भूमिकाबाट राजीनामा दिइसकेका छन् । ६ दल मिलेर बनेको राजपालाई छाडेर निर्वाचित सांसद पुरी अहिले फोरम नेपालका उम्मेदबार खानलाई समर्थन गरेर प्रचारप्रसारमा व्यस्त छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *