
काठमाडौं, असार ६ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० बर्षे जनयुद्धलाई नकरात्मक रुपमा समिक्षा गरिए एतिहासिक भुल हुने बताएका छन । पत्रकार उजिर मगरद्धारा लिखित पुष्तक अंशको बिमोचन कार्यक्रममा सम्बोधन गर्दे पुर्वप्रधानमन्त्री समेत रहेका दाहालले सो कुरा बताएका हुन ।
दाहालले १० बर्षे जनयुद्धकै कारण मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समाबेशिता जस्ता उपलब्धी हासिल गर्न सकेको जिकिर गरे । दाहालले उजिर मगरको पुष्तक अंशले जनयुद्धमा पत्रकारले प्रत्यक्ष रुपमा अनुभुति गरेको बिषय समेटिएको बताए ।
नेपाल पत्रकार महासंघका महासचिव समेत रहेका पत्रकार उजिर मगरको पुष्तक अंशको महासंघका अध्यक्ष महेन्द्र बिष्ट, बरिष्ठ पत्रकारहरु युवराज घिमिरे, नारायण वाग्ले, गुणराज लुईटेल, गोबिन्द आचार्य, सुर्य थापा लगायतले समिक्षा गरेका थिए ।
Facebook Comments