
काठमाडौं, असार ७ । प्रधानमन्त्री शेर बहादुर देउवाले भारतको दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलन भारतको आन्तरिक मामिला भएको बताएका छन । नेपाल भ्रमणमा आएका भारतीय पत्रकारहरुसँगको भेटमा देउवाले सो कुरा बताएको भेटमा सहभागी एक पत्रकारले बताएका छन ।
देउवालाई भेट्न सिंहदरबार स्थित प्रधानमन्त्रीकै कार्यकक्षमा पुगेका भारतीय पत्रकारको टोलीलाई भारतीय सञ्चार माध्ययमले नेपाल भारत सम्बन्धलाई थप प्रगाढ बनाउन भुमिका निर्बाह गर्न आग्रह गरिएको बताइएको छ । नेपाल भारतको सम्बन्धमा समस्या आउन नदिन नेपाल र भारत दुबै देशका पत्रकारहरुले सकारात्मक भुमिका निर्बाह गर्न प्रधानमन्त्रीले भनेका थिए ।
भारतीय पत्रकारको नेतृत्व गर्दे भारतका बरिष्ठ पत्रकार के बिक्रम रावले प्रधानमन्त्री देउवलाई भारतीय पत्रकारहरुको तर्फबाट शुभकामना दिदै नेपाल भारतको सम्बन्ध देउवाको कार्यकालमा थप सुमधुर हुने बताएका थिए ।
Facebook Comments